बिश्व

छैटौँ दिन पनि मध्यपूर्वमा आक्रमण जारी

एजेन्सी
२०८२ फाल्गुन २१ | मध्यान्ह ०२:११ बजे

तेहरान । इरानले मध्यपूर्वमा छैटौँ दिन लगातार जारी हवाई आक्रमणको क्रममा इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । अघिल्लो दिन अमेरिकी र इजरायली सेनाले इरानमाथि बमबारी तीव्र पारेका थिए ।इजरायली सेनाले बियरुतको दक्षिणी उपनगरमा पनि लक्षित हमला गरेको छ, जुन हिज्बुल्लाहको मुख्य क्षेत्र हो । स्थानीयवासीले चेतावनी जारी गरिएको थियो ।

तेल अभिभ र यरुशेलेममा हवाई हमलाको साइरन बजेको थियो र क्षेप्यास्त्र हवाई सुरक्षा प्रणालीले रोक्दा पनि विस्फोट सुनिएको बताइएको छ । प्रारम्भिक रिपोर्टअनुसार कुनै क्षति वा ज्यानको हानीको सूचना आएको छैन । 

इरानतर्फबाट क्षेप्यास्त्र प्रहारमा कमी आएपछि इजरायलले केही सार्वजनिक प्रतिबन्धहरू हटाउन सुरु गरेको बताइएको छ । इरानी क्षेप्यास्त्र भण्डार र प्रक्षेपण स्थललाई लक्षित गर्ने प्रयास सफल भएको देखिएको इजरायली सेनाका प्रवक्ताले भनेका छन् ।

इरानको राजधानी तेहरानमा पुनः विस्फोटका घटना भएको बताइएको छ भने लेबनानमा इजरायली हवाई आक्रमणमा मृतकको सङ्ख्या बढेको छ । स्थानीय लेबनानी अधिकारीका अनुसार इजरायल र हिज्बुल्लाहबिचको नयाँ युद्धका कारण ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । 

कमेन्टहरु