पाँच दिनपछि पुनः सञ्चालनमा आयो इजरायलको मुख्य विमानस्थल

एजेन्सी
२०८२ फाल्गुन २१ | मध्यान्ह ०२:११ बजे

तेल अभिभ । इजरायलको मुख्य विमानस्थल बेन गुरियन विमानस्थल पाँच दिनपछि पुनः सञ्चालनमा आएको छ । इजरायल र अमेरिकाले इरानविरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि उक्त विमानस्थल बन्द गरिएको थियो ।
इजरायलले शनिबार आफ्नो हवाई क्षेत्र बन्द गरेपछि ती नागरिकहरू फर्किन सकेका थिएनन् । इजरायली अधिकारीहरूले सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै चरणबद्ध रूपमा हवाई क्षेत्र आंशिक रूपमा खोल्ने निर्णय गरेका छन् ।

















