प्रबास

मध्यपूर्वबाट उड्यो अमेरिकी नागरिक बोकेको पहिलो चार्टर विमान

एजेन्सी
२०८२ फाल्गुन २१ | बिहान ०८:११ बजे

वासिङ्टन डिसी । अमेरिकी नागरिक बोकेको एक चार्टर उडान मध्यपूर्वबाट प्रस्थान गरेको अमेरिकी विदेश मन्त्रालयले बुधवार जनाएको छ । तर मन्त्रालयले यसबारे थप विवरण सार्वजनिक गरेको छ । यो अमेरिका–सहायता प्राप्त पहिलो पुष्टि गरिएको उद्धार उडान हो । यो कदम अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गरेको केही दिनपछि आएको हो ।  विदेश मन्त्रालयले क्षेत्रमा थप उडानहरू पनि क्रमशः बढाइने भनेको छ । ।

‘सञ्चालन सुरक्षाका कारण जारी उद्धार कार्यबारे थप जानकारी यस समयमा सार्वजनिक गरिने छैन,’ मन्त्रालयले बुधवार साँझ जारी गरेको मिडिया नोटमा उल्लेख गरेको छ । यसैबिच, विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बुधवार बिहानसम्म करिब ६ हजार ५०० अमेरिकी नागरिकलाई महत्त्वपूर्ण जानकारी उपलब्ध गराउने, यातायात विकल्पमा सहयोग गर्ने लगायत सहायता प्रदान गरिएको बताएका छन् । 

कमेन्टहरु