आज अधिकांश पहाडी क्षेत्रमा आंशिक बदली

नवलपुर टुडे
२०८२ फाल्गुन २१ | बिहान ०६:११ बजे

काठमाडौं । बिहीबार दिनभर पानी नपर्ने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुलेटिन जारी गर्दै सुदूपश्चिम, कर्णाली र मधेशको मौसम पूर्णतया सफा रहने तथा अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भए पनि देशभर पानी नपर्ने जनाएको हो ।
महाशाखाले निर्वाचन अवधिभर मौसमको निरन्तर अनुगमन तथा विश्लेषण गरिरहेको जनाएको छ । मतदानको भोलिपल्ट शुक्रबार भने हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसहित हल्का वर्षा तथा हिमपातको सम्भावना आकलन गरेको छ । मधेशबाहेक सबै प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको आकलन गरेको छ ।

















