बिश्व

मध्यपूर्वमा तनाव चर्किएपछि अमेरिकी सैन्य अड्डामा सुरक्षा कडाइ

एजेन्सी
२०८२ फाल्गुन २० | मध्यान्ह ०२:११ बजे

वासिङ्टन डीसी । मध्यपूर्वमा जारी द्वन्द्व चर्किँदै जाँदा अमेरिकाले देशभरका आफ्ना सैन्य अड्डाहरूमा सुरक्षा सतर्कता बढाउन आदेश दिएको छ । उत्तर अमेरिकाको सुरक्षा हेर्ने संयुक्त राज्य अमेरिका उत्तरी कमान्ड (असनर्थकम) ले सैन्य प्रतिष्ठानहरूलाई थप ११ वटा फोर्स प्रोटेक्सन उपाय लागू गर्न निर्देशन दिएको जनाएको छ ।

कमान्डले विश्व परिस्थितिलाई ध्यानमा राख्दै सतर्कता बढाउने र सैनिक तथा पूर्वाधारको सुरक्षा सुदृढ गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ । सीएनएनलाई दिएको वक्तव्यमा असनर्थकमले यी उपायहरूले सबै सैन्य अड्डामा न्यूनतम सुरक्षा स्तर सुनिश्चित गर्ने जनाएको छ ।

यद्यपि, स्थानीय कमान्डरहरूले आवश्यक ठानेमा अझ कडा सुरक्षा व्यवस्था लागू गर्न सक्ने पनि स्पष्ट पारिएको छ । यसैबिच,अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि सप्ताहन्तयता कम्तीमा चार अमेरिकी सैनिकको मृत्यु भइसकेको जनाइएको छ ।

द्वन्द्व लम्बिँदै जाँदा अमेरिकी भूमिभित्र पनि सुरक्षा सतर्कता उच्च पारिएको सङ्केत सो कदमले दिएको विश्लेषण गरिएको छ ।  

कमेन्टहरु