समाचार

नवलपुरमा घरेलु हतियार दाउ देखाई प्रहरीलाई तर्साउने एक जना पक्राउ

नवलपुर टुडे
२०८२ फाल्गुन २० | मध्यान्ह ०१:११ बजे

नवलपुर, फागुन २० । नवलपुरको कावासोतीबाट घरेलु हतियार दाउ देखाएर सुरक्षाकर्मीलाई त्रास देखाएको आरोपमा एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा कावासोती नगरपालिका–१४ बस्ने २७ वर्षीय अनिस महतो रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

उनले नगरपालिका–१४ स्थित बालकल्याण आधारभूत विद्यालयको मतदान स्थल बाहिर घरेलु हतियार दाउ देखाउँदै सुरक्षाकर्मीलाई त्रास देखाएको आरोप छ । ती युवकले मादक पदार्थ सेवन गरी स्कुटरमा आएर ड्युटीमा खटिएका प्रहरीलाई पटक–पटक धारिलो हतियार देखाई तर्साउने काम गरेको पण्डितले बताए ।

प्रहरीले उनलाई कावासोती–१७ ढोकी क्षेत्रबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट दाउ बरामद गरिएको छ भने स्कुटरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु