देश

मस्जिदमा सुतली बम र सुङ्गुरको टाउको राख्ने तीन जना पक्राउ

नवलपुर टुडे
२०८२ फाल्गुन २० | बिहान ११:११ बजे

पर्सा । पर्सामा प्रहरीले नौ वटा सुतली बम र सुङ्गुरको टाउकोसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ का स्थानीय कृष्ण यादव, सुनसरीको इनरुवा घर भएका रोहित पटेल र अवजित यादव छन् । उनीलाई वीरगञ्ज महानगरपालिका-१६ छप्कैयाबाट पक्राउ गरिएका हुन् । 

पक्राउ पर्नेहरुले महानगरपालिका-१६ कै एक मस्जिदमा सुँगुरको टाउको फाल्ने र सुतली बम पड्काएर आतंक फैलाउने योजना बनाएको बताइन्छ । तर त्यसअघि नै उनीहरुलाई नेपाली सेनाका उपसेनानी विकाश मरहट्टाको कमाण्डमा खटिएको टोलीले पिछा गरेर पक्राउ गरिएको हो । प्रहरीले उनीहरुमाथि धार्मिक सद्भाव भड्काउने प्रयास गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

कमेन्टहरु