अमेरिका र इजरायलको आक्रमणपछि स्तब्ध छ इरान, तस्बिरहरू


तेहरान । अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त रूपमा सुरु गरेको विशाल सैन्य अभियान अपरेशन एपिक फ्युरी र अपरेशन रोअरिङ लायनका कारण मध्यपूर्व अहिले पूर्णकालीन युद्धको चपेटामा परेको छ।
_1kAOWAIW9S.jpg)
फेब्रुअरी २८ बाट सुरु भएको यस भीषण आक्रमणको पहिलो दिनमै इरानका सर्वोच्च नेता आयतुलला अली खामेनीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्। खामेनीसँगै इरानका रक्षामन्त्री र इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) का प्रमुखसहित ४० भन्दा बढी उच्च अधिकारीहरू मारिएका छन्।
_oqsHDBhQaE.jpg)
इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार हालसम्म इरानका १३१ भन्दा बढी जिल्लामा भएका आक्रमणमा कम्तीमा ५५५ जनाको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन्। इरानले पनि प्रत्याक्रमण गर्दै इजरायल र खाडी क्षेत्रका अमेरिकी सैन्य अखडाहरूमा सयौँ मिसाइल र ड्रोन प्रहार गरेको छ। इरानको जवाफी हमलामा ११ इजरायली नागरिक र कतार, कुवेत तथा बहराइनमा रहेका अमेरिकी आधार शिविरमा खटिएका ६ अमेरिकी सैनिकको मृत्यु भएको छ।
_nqVkMBGPjW.jpg)
इरानी नेता खामेनीको मृत्युपछि हेजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेसँगै मार्च २ बाट यो युद्ध लेबनानसम्म विस्तार भएको छ। इजरायलले बेरुत र दक्षिणी लेबनानमा हेजबुल्लाहलाई निष्क्रिय पार्न भन्दै हवाई हमला तीव्र पारेको छ।
_cVPeCn5syv.jpg)
यता इरानले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग स्ट्रेट अफ हर्मुज बन्द भएको घोषणा गर्दै त्यहाँबाट गुज्रने कुनै पनि जहाजमाथि आक्रमण गर्ने धम्की दिएको छ। यसका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ।
_HVHsI4GtEq.jpg)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली अधिकारीहरूले यस सैन्य कारबाहीका मुख्य तीन उद्देश्य सार्वजनिक गरेका छन्। पहिलो, इरानको ब्यालिस्टिक मिसाइल क्षमतालाई पूर्ण रूपमा नष्ट गर्ने। दोस्रो, इरानको आणविक पूर्वाधारलाई फेरि उठ्न नसक्ने गरी समाप्त गर्ने र तेस्रो, इरानमा सत्ता परिवर्तन गराउने। राष्ट्रपति ट्रम्पले इरानी जनतालाई आफ्नो भाग्य आफैँ फैसला गर्ने यो सुनौलो अवसर भएको भन्दै सरकार कब्जा गर्न प्रत्यक्ष आह्वानसमेत गरेका छन्।
_pLR9aY7pJI.jpg)
आफ्नो अस्तित्व संकटमा परेपछि इरानले संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कुवेत र जोर्डनका नागरिक पूर्वाधार र अमेरिकी दूतावासहरूलाई निशाना बनाएको छ। रियादस्थित अमेरिकी दूतावास र ओमान नजिकैका व्यापारिक ट्याङ्करहरूमाथि पनि क्षति पुगेको खबर छ।
_d7XHPWzLmR.jpg)
संयुक्त राष्ट्रसंघका महासचिवले कूटनीतिक अवसरहरूको अन्त्य भएको भन्दै यस सैन्य कदमको कडा निन्दा गरेका छन्। बढ्दो जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले इराक र आसपासका देशमा रहेका आफ्ना नागरिकलाई तुरुन्तै ती देश छोड्न निर्देशन दिएको छ।
_gDF6c1tHM9.jpg)
_qaIkfHQy1B.jpg)
_77T0z2udsx.jpg)
_mXnY7d7sdE.jpg)
_AJbpOGoCxt.jpg)
_lr0VoFv19Y.jpg)
_aCafaUIHyV.jpg)
_iq8mP4U0D2.jpg)






















