तेहरान र बेरुतमा एकैसाथ इजरायली आक्रमण

एजेन्सी
२०८२ फाल्गुन १९ | मध्यान्ह ०२:११ बजे

तेल अभिभ,फागुन १९। इजरायलले मंगलबार बिहान तेहरान र बेरुतमा एकैसाथ सैन्य आक्रमण गरिरहेको छ । इजरायली वायुसेनाले जारी गरेको वक्तव्यअनुसार यी आक्रमणहरू इरानी शासनका सैन्य ठेगाना र इरान समर्थित हिज्बुल्लाहका संरचनालाई लक्षित गरी गरिएको हो ।
इजरायली सेनाले यसअघि इजरायली लडाकु विमानलाई निशाना बनाउन प्रयोग गरिएको इरानको मिसाइल प्रक्षेपण स्थल र हवाई प्रतिरक्षा प्रणालीमा प्रहार गरिएको बताएको थियो । मिसाइल लञ्चर सशस्त्रीकरणका प्रयास, प्रत्यक्ष फायरिङ साइट, ब्यालेस्टिक मिसाइल र सम्बन्धित संरचनामाथि आक्रमण जारी रहने चेतावनी सेनाले दिएको छ ।
उता, इरानले पनि रातभर खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी मुलुकहरूलाई लक्षित गर्दै हवाई आक्रमण जारी राखेको बताइएको छ ।






















