प्रबास

इरानको परमाणु कार्यक्रम केही महिनामै ‘अजेय’ बन्ने अवस्थामा पुग्याे : नेतन्याहु

एजेन्सी
२०८२ फाल्गुन १९ | मध्यान्ह ०१:११ बजे

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानविरुद्ध गरिएको इजरायली सैन्य आक्रमणको बचाउ गर्दै तेहरानको परमाणु गतिविधि केही महिनामै अजेय बन्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

नेतन्याहुले फक्स न्यूजसँगको अन्तर्वार्तामा भने– ‘जुन महिनामा १२ दिनसम्म चलेको युद्धका क्रममा इजरायल र अमेरिकाले तीनवटा परमाणु केन्द्रलाई लक्षित गरी संयुक्त हवाई आक्रमण गरे पनि इरानी सैनिक र प्राविधिकहरूले नयाँ संरचना बनाउन थालेका थिए ।’

उनका अनुसार इरानले ब्यालिस्टिक मिसाइल र आणविक बम विकास गर्न सकिने भूमिगत बंकरसहितका नयाँ स्थल निर्माण गरिरहेको थियो । उनले भने– ‘अहिले कदम चालिएन भने भविष्यमा कुनै कदम चाल्न सकिने  थिएन ।’ 

इजरायलले  लामो समयदेखि इरानको युरेनियम समृद्धि कार्यक्रमको विरोध गर्दै आएको छ । उक्त कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि नभई आणविक हतियार विकासतर्फ मोडिन सक्ने जोखिम रहेको इजरायलको भनाइ छ । तर इरानी सरकारले भने आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यकै लागि भएको दाबी गर्दै आएको छ ।

कमेन्टहरु