मध्यपूर्व द्वन्द्व चर्किदाँ बढ्यो तेल र ग्यासको मूल्य

एजेन्सी
२०८२ फाल्गुन १९ | बिहान ११:११ बजे

काठमाडौं । मध्यपूर्वमा जारी सैन्य तनावका कारण विश्व ऊर्जा बजारमा दबाब बढ्दै जाँदा अन्तर्राष्ट्रिय तेल र ग्यासको मूल्य थप उक्लिएको छ ।
अमेरिका र इजरायलले सप्ताहन्तमा इरानमाथि आक्रमण सुरु गरेपछि विश्व तेल तथा ग्यास बजारमा अस्थिरता बढेको देखिएको हो । तेल उत्पादक क्षेत्रमै तनाव चर्किँदा आपूर्ति अवरुद्ध हुने चिन्ताले मूल्यमा थप चाप परेको विश्लेषण गरिएको छ ।

















