देश

सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप, दुई प्रहरी घाइते, चार राउण्ड हवाई फायर

जगत ठाडा मगर
२०७७ अशोज २८ | बिहान ११:०६ बजे

सप्तरी । भारतबाट भन्सार छलेर सामान ल्याउने तस्करको समूह र प्रहरीबीच सप्तरीमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।

राजविराज नगरपालिका वडा नम्बर १३ मुसहर्नियाँमा मंगलबार राति १० बजेतिर प्रहरी र तस्कर समूहबीच झडप भएको हो ।

भारतबाट तस्करहरुले सामान ल्याउन लाग्दा प्रहरीले घेरा हालेको थियो । त्यस क्रममा तस्करहरुले स्थानीयलाई बोलाएका थिए । घरेलु हतियारसहित आएकाहरु प्रहरीमाथि जाइलागेको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले जानकारी दिए ।

उनका अनुसार घरेलु हतियार प्रहारबाट प्रहरी हबल्दार कमलदेव यादव र प्रहरी जवान दीपेन्द्र साह घाइते भएका छन् । दुवैको टाउकोमा चोट लागेको छ । जवानको टाउकोमा सात वटा टाँका लगाउनुपरेको एसपी धमलाले बताए ।

कमेन्टहरु