देश

साताव्यापी सार्वजनिक बिदा आजदेखि सुरु

नवलपुर टुडे
२०८२ फाल्गुन १८ | बिहान ०७:११ बजे

काठमाडौँ । आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ । फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ । त्यसपछि फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ ।

२३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकोले साताव्यापी सार्वजनिक बिदाको अवसर जुटेको हो । साताव्यापी सार्वजनिक बिदा भएसँगै निर्वाचनको लागि गाउँ फर्कनेहरू बढेका छन् ।

काठमाडौँ उपत्यकाका मुख्य नाका तथा बसपार्कहरूमा यात्रुको भिड लाग्न थालेको छ । 

कमेन्टहरु