देश

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

नवलपुर टुडे
२०८२ फाल्गुन १७ | मध्यान्ह ०६:११ बजे

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण नेपाली श्रमिकलाई पर्न सक्ने सम्भावित असर र सुरक्षाका विषयमा निर्णय लिन मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार (फागुन १७) साँझ बालुवाटारमा बैठक डाकेकी हुन् ।

अमेरिका र इरानबीचको सैन्य तनावका कारण खाडी मुलुकको सुरक्षा चुनौती गम्भीर बनेको छ । अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गर्दै आएका छन् ।

यता, इरानले पनि इजरायलसँगै खाडी राष्ट्रका कतिपय मुलुकविरुद्ध सैन्य आक्रमण गरेको छ । जसका कारण खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि पुगेका नेपाली श्रमिकलाई असर पुग्ने सम्भावना देखिएको छ । खाडी राष्ट्रमा १७ लाखभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । मन्त्रिपरिषद बैठकले मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षामा निर्णय लिने सम्भावना छ ।

कमेन्टहरु