मिसाइल आक्रमणमा दुई इजरायलीको निधन भएकाे छ : इजरायल रक्षा बल


तेल अभिभ । इरानको क्षेप्यास्त्र प्रहारबाट दुई इजरायली नागरिकको मृत्यु भएको छ । सो आक्रमण दुई जनाको मृत्यु भएको इजरायली सेनाले जानकारी दिएको हो । हवाई प्रतिरक्षा प्रणाली व्यापक रूपमा परिचालन गरिए पनि पूर्ण रूपमा त्रुटिरहित नभएको इजरायल रक्षा बल (आईडीएफ)का प्रवक्ता एफी डेफ्रिनले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनले भने, ‘हामीसँग आईडीएफको हवाई प्रतिरक्षा प्रणालीका व्यापक अपरेसनहरू भए पनि यो पूर्ण रूपमा त्रुटिरहित छैन ।’
उनले नागरिकहरूलाई अधिकारीहरूको निर्देशन पालना गर्न र आक्रमणका बेला सुरक्षित आश्रय स्थलमा जान आग्रह गरेका छन् । इरानको प्रतिरक्षा प्रणालीलाई गम्भीर रूपमा क्षति पुर्याइसकेको डेफ्रिनले जानकारी दिएका छन् । इजरायलले अमेरिकी सेनासँग सहकार्य गर्दै आफ्नो सैन्य अभियान जारी राख्ने पनि उनले बताए ।
‘हामीले निर्धारण गरेका सबै लक्ष्य हासिल नभएसम्म यो अभियान जारी रहनेछ’ उनले थप भनेका छन् ।






















