प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

रासस
२०८२ फाल्गुन १७ | मध्यान्ह ०५:११ बजे

काठमाडौँ, फागुन १७। प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ(आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ ।
निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् ।

















