इरानको मिसाइल वर्षाबिच चुप लागेर नबस्ने यूएईको चेतावनी


आबुधाबी, फागुन १७। इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखे आफू थप कडा भूमिकामा जान सक्ने चेतावनी संयुक्त अरब इमिरेट्स (यूएई)ले दिएको छ ।
आवश्यक परे यूएईले थप आक्रामक भूमिका लिन सक्ने हो कि भन्ने प्रश्नमा उनले आवश्यक परे त्यसतर्फ जान सक्छौँ भन्ने जवाफ दिइन् । अल–हासिमीले इरानतर्फ संकेत गर्दै भनिन्, ‘अब इरानले आफ्नो छिमेकी र क्षेत्रसँग कसरी व्यवहार गर्ने भन्ने कुरा उसैको हातमा छ । हामी सधैँ उनीहरूका लागि न्यायपूर्ण र असल छिमेकी रहँदै आएका छौँ ।’
यूएईको रक्षा मन्त्रालयका अनुसार शनिबार राति इरानले कम्तीमा १३७ वटा ब्यालिस्टिक मिसाइल र २०९ वटा ड्रोन प्रहार गरेको थियो, तीमध्ये अधिकांशलाई छेकिएको भए पनि १४ वटा ड्रोन लक्ष्यमा ठोक्किएको बताइएको छ ।
इरानले यूएईको राजधानी अबुधाबी तथा आर्थिक र पर्यटकीय केन्द्र दुबईलाई लक्षित गर्दै अभूतपूर्व मिसाइल र ड्रोन आक्रमण गरेको जनाइएको छ । ‘हामीसँग विश्वकै उत्कृष्ट हवाई तथा मिसाइल प्रतिरक्षा प्रणालीमध्ये एक छ । नागरिक र बासिन्दाको सुरक्षा सुनिश्चित गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौँ,’ अल–हासिमीले अगाडि भनेकी छन् ।






















