ईरान अमर भयो, ईरानी जनताले दृढता पुर्वक प्रतिरोध गर्नेछन् र परास्त पार्नेछन् : मुक्ति गैरे


काठमाडौं । ईरान अमर भयो, ईरानी जनताले दृढता पुर्वक प्रतिरोध गर्नेछन् र परास्त पार्ने विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयाेजक मुक्ति गैरेले बताएका छन् । उनले प्रकट गरेको धारणा जस्ताको त्यस्तै : `ईस्लामिक गणतन्त्र ईरान अजर-अमर रह्यो । विश्व साम्राज्यवादी आँतकवादका विरुद्ध प्रतिरोध गरिरहेका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी लगायत दर्जनौं नेताहरू महान छन्, महान रहिरहनेछन् । उच्च सहादत प्राप्त गर्ने महान नेताहरू प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै ईरानी नागरिकहरु प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
ईरानी जनताले अमेरिकी साम्राज्यवादी आँतकवादकाे दृढता पुर्वक प्रतिरोध गर्नेछन् र परास्त पार्नेछन् । जब सम्म विश्व साम्राज्यवादकाे नष्ट हुदैन तबसम्म स्थायी शान्ति स्थापना हुन सक्दैन् । हामी स्थायी शान्तिका लागि संघर्ष गरिरहेका छौं । साथै युद्ध प्रभावित क्षेत्रहरुमा रहनु भएका हाम्रा सम्पूर्ण नेपाली नागरिकहरुलाई युद्ध निर्देशनकाे पालना गर्न आग्रह गर्दछौं । नेपाल सरकारलाई छिटो छिटोभन्दा प्रभावकारी समन्वय र उद्धार कार्यमा जुट्न अनुरोध गर्दछौं ।´

















