राजनीति

राप्रपाले भन्यो रुपन्देही- २ मा हाम्रो मत कांग्रेसलाई

नवलपुर टुडे
२०८२ फाल्गुन १७ | मध्यान्ह ०२:११ बजे

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको छ। राप्रपाको उम्मेदवार नरहेको अवस्थामा देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक भएको भन्दै राप्रपाले रुपन्देही २ मा चुनन्न प्रसाद पौडेललाई समर्थन गर्ने जनाएको हो।

राप्रपाका रुपन्देही क्षेत्र नम्बर २ का अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति जारी गर्दै रुपन्देही-२ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने आह्वान गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्-‘अहिले यस निर्वाचनमा हाम्रा सिद्धान्त र वैचारिक भिन्नता भएपनि देशको आर्थिक सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक रहेको हुनाले वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र नम्बर २ को संगठनलाई एकत्रित गरी राख्न र हाम्रो मुद्धामा बहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनैतिक सहमतिको निरन्तरता समेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवजी एवम् उद्योगी चुन्न प्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय भएको पार्टी पंक्ति र आम जनसमुदायमा जानकारी गराउँदछौं।’

२०७९ को समानुपातिक मत परिणामअनुसार राप्रपा यो क्षेत्रमा चौथो शक्ति हो। त्यतिबेला राप्रपाले ५ हजार ६०० मत प्राप्त गरेको थियो।*

कमेन्टहरु