सरकार कब्जा गर्न इरानीहरूलाई ट्रम्पको आह्वान

एजेन्सी
२०८२ फाल्गुन १६ | मध्यान्ह ०४:११ बजे

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनता र सुरक्षा बलहरूलाई आफ्नो देशको धार्मिक नेतृत्व अन्त्य गर्न आह्वान गरेका छन् ।
जनता र मानवअधिकार समूहका अनुसार जनवरीको सुरुवाती दिनहरूमा इरानी सुरक्षा बलहरूले देशव्यापी विरोध प्रदर्शनमा कडा कारबाही गर्दै कम्तीमा ६ हजार ४८० जनाको मृत्यु गराएको थियो ।
ट्रम्पले त्यसबेला जिम्मेवारहरूले ठुलो मूल्य तिर्नुपर्ने चेतावनी दिएका थिए र प्रदर्शनकारीहरूलाई सहायता आइरहेको बताए । तर केही दिनपछि राष्ट्रपति ट्रम्पले इरानी सरकारबाट हत्या रोकिने सुनिश्चितता पाएको जानकारी दिए र आफ्नो ध्यान देशको आणविक कार्यक्रमतर्फ मोडिएको उल्लेख गरे ।






















