इरानलाई परमाणु हतियार राख्नबाट रोक्नैपर्छ : नेतन्याहु


तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई परमाणु हतियार विकास गर्न नदिन संयुक्त कदम चालिएको बताएका छन् ।
इरानले आफूहरूको रगत बगाएको, धेरै अमेरिकीको हत्या गरेको अनि आफ्नै जनतालाई पनि नरसंहार गरेको उनले विज्ञप्तिमा लेखेका छन् । उनले यस्तो आतङ्कवादी शासनलाई परमाणु हतियार प्राप्त गर्न नदिनु सम्पूर्ण मानवताका लागि आवश्यक भएको उनले भनेका छन् । संयुक्त कारबाहीले साहसी इरानी जनतालाई आफ्नै भविष्य आफैँ निर्धारण गर्ने अवस्था सिर्जना गर्ने दाबी उनले गरेका छन् ।
‘इरानी जनताका सबै तप्काहरू– फारसी, कुर्द, अजरी, बलुची र अहवाजीहरूले अत्याचारको जुवा फ्याँकेर स्वतन्त्र र शान्तिपूर्ण इरान ल्याउने समय आएको छ । म तपाईं इजरायलका नागरिकहरूलाई होम फ्रन्ट कमान्डको निर्देशनहरू सुन्न अपिल गर्दछु । आगामी दिनहरूमा, अपरेसन ‘द रोअर अफ द लायन’ मा हामी सबैलाई धैर्य र दृढता चाहिन्छ’ विज्ञप्तिमा भनिएको छ । ‘सबै मिलेर हामी एक साथ उभिनेछौँ, सँगैसँगै लड्नेछौँ, र सँगसँगै हामी इजरायलको अनन्तता सुनिश्चित गर्नेछौँ’ अन्तिममा उनले भनेका छन् ।






















