समाज

रास्वपा नवलपरासीका समानुपातिक आकांक्षी महेन्द्र हरिजनद्वारा राजीनामा, विनोद चौधरीलाई जिताउन अपील

नवलपुर टुडे
२०८२ फाल्गुन १६ | मध्यान्ह ०२:११ बजे

नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टीका नवलपरासी पश्चिम क्षेत्र नं १ का समानुपातिक आकांक्षी उम्मेदवार महेन्द्र हरिजनले पार्टीबाट राजीनामा दिएका छन् । सुस्ता गाउँपालिका सदस्य समेत रहेका उनले पार्टीका जिल्ला नेतृत्वलाई सम्बोधन गर्दै दिएको लिखित पत्रमार्फत आफूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

रास्वपा त्यागेका हरिजनले नेपाली कांग्रेसका उमेदवार विनोद चौधरीलाई जिताउन समेत अपील गरेका छन्।आजै मात्र नवलपरासी पश्चिम बर्दघाट १२ मा कांग्रेसको घरदैलो कार्यक्रममा रास्वपा तथा नेपाली कम्युनिस्ट पार्टीका ५० भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेस पार्टी प्रवेश गरेका थिए।

नवलपरासी (पश्चिम) मा सक्रिय रूपमा पार्टी निर्माण तथा संगठन विस्तारमा संलग्न रहँदै आएका हरिजनले रास्वपाले कुनै विधि बिना टिकट बाँडेको र पार्टीमा वैचारिक स्पष्टता र सिद्धान्तको अभाव देखिएको बताएका छन्।

‘पार्टी मित्र बढ्दो गुटबन्दी र सीमित समूहको प्रभावका कारण साधारण सदस्यले सम्मानजनक भूमिका निर्वाह गर्न नसक्ने अवस्था सिर्जना भएकाले यस पार्टी भित्र रहनुको कुनै अर्थ छैन,’ हरिजनले बताए।

WhatsApp Image 2026 02 28 at 14.46.32

कमेन्टहरु