समाज

४४ औं मगर एकता दिवसले राष्ट्रिय एकता, सद्भाव र प्रेरणा जागृत गर्नेछ : मुक्ति गैरे

नवलपुर टुडे
२०८२ फाल्गुन १५ | मध्यान्ह ०४:११ बजे

काठमाडौं । ४४ औं मगर एकता दिवसले राष्ट्रिय एकता, सद्भाव र प्रेरणा जागृत गर्ने विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयाेजक मुक्ति गैरेले बताए । उनले आज मगर दिवसको अवसरमा सुभकामना दिदै भनेका छन् : `हाम्रो देश यतिबेला अभिभावक बिहिन भएको छ, जसका कारण हाम्रो देश विदेशीहरुकाे युद्धभुमि क्रियास्थलमा परिणत हुदैछ ।

यस्तो अवस्थामा राष्ट्रियता एकतालाई पारिवारिक एकता-मिलन जस्तै प्रेमिल एकता कायम राखि देश र जनताको रक्षा गर्दै विकास, समृद्धि र स्थायी शान्तिका लागि यस ४४ औं राष्ट्रिय मगर एकता दिवसले राष्ट्रिय एकता, सद्भाव र प्रेरणा जागृत गर्ने विस्वास सहित हार्दिक सुभकामना व्यक्त गर्दछौं ।´

कमेन्टहरु