नवलपरासीको धरमपुरमा ४४औ मगर एकता दिवस मनाउदै

नवलपुर टुडे
२०८२ फाल्गुन १५ | मध्यान्ह ०१:११ बजे

नवलपरासी । नेपाल मगर संघ एकाई रामग्राम- १८ धरमपुर नवलपरासीमा ४४ औ मगर एकता दिवस विविध सांस्कृतिक कार्यक्रम गरी मनाउँदै छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका- १८ धरमपुरको नमुना लाङ्घाली मगर समाजको आयोजनामा हुने कार्यक्रम शुक्रबारे हात बजारको प्राङ्गणमा सास्कृतिक कार्यक्रम गरी मगर एकता दिवस मनाउन लागिएको हो ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु प्रिति आले लगायत चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ ।






















