मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

नवलपुर टुडे
२०८२ फाल्गुन १५ | मध्यान्ह १२:११ बजे

जनकपुरधाम । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१ थान हतियार (बन्दुक) बुझाइएका छन् ।
यहाँका आठ जिल्लामा विभिन्न व्यक्तिले दुई हजार ५३१ थान इजाजत प्राप्त हातहतियार लिएको तथ्याङ्क भए पनि हालसम्म ४८१ थान मात्र प्राप्त भएको कार्यालयले जनाएको छ । अझै दुई हजार ५० थान हतियार बुझाउन बाँकी छन् ।
स्थानीय प्रशासनले नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउनका लागि सूचना जारी गरेका थिए ।






















