राजनीति

मतदातालाई चार/पाँच दिन शान्तसँग सोँचेर मत ब्यक्त गर्न कांग्रेस उससभापति शर्माको आग्रह

नवलपुर टुडे
२०८२ फाल्गुन १४ | मध्यान्ह १०:११ बजे

कावासोती । नेपाली कांग्रेसका उससभापति विश्व प्रकाश शर्माले सबै कुराको रिस र आवेगलाई छोडेर, आउँदो निर्वाचन भन्दा अगाडिको ४,५ दिन शान्तसँग सोँचेर मत ब्यक्त गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस विनयी त्रिवेणी गाउँपालिका समितिले आयोजना गरेको विशाल चुनावी सभालाई नवलपुरको दुम्किबासमा सम्बोधन गर्दै शर्माले तत्कालिन नेकपा माओवादिलाई शान्ति सम्झौतामा ल्याउनेदेखि संविधान निर्माणसम्मको काम नेपाली कांग्रेसकै समन्वयमा भएको दावि गरे ।

केही व्यक्तिले पहिले त्यसलाई भोट दियौँ अहिले अर्को कसैलाई दिउँ हेरौँ भन्ने गरेको सुनिएको उल्लेख गर्दै शर्माले देश प्रयोगशाला बन्नु नहुने बताए । उनले २०६४ सालमा पनि जनताले माओवादीलाई हेरौँ भन्दा संविधान समेत जारी गर्न नसकी पुनः २०६९ मा नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी गरिएको स्मरण गर्न आग्रह गर्दै अबको अवस्थाबाट देशलाई निकास दिन पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्नु पर्ने दावी गरे ।

भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनको मुल मर्मलाई आत्मसाथ गरेर पूर्ण परिवर्तित रुपमा नेपाली कांग्रेस पार्टी आएको भन्दै सबैलाई समेटेर लान सक्ने पार्टी कांग्रेस मात्रै भएको बताए । शर्माले ढिला सुस्ति गर्ने ठेकेदार, रुमिकलाई ल्याएर रुखमा बाँध्छौँ भन्नेलाई भोट दिने कि निति नियम बदलेर दिईएको समयसिमा भन्दा छिटो काम सम्पन्न गर्नेलाई पुरस्कृत गर्ने पद्यतिको विकास गर्नुपर्छ भन्नेलाई भोट दिने भन्ने कुरा मतदाताले आँफै सोँच्नुपर्ने बताए ।

कांग्रेस सभापति गगन थापाको नेतृत्वमा सरकार बनाएर पार्टी र सिंगो देशलाई संयुक्त रुपमा बलियो बनाउनका लागि आँफुले उम्मेद्वारी नदिएको भन्दै शर्माले कांग्रेसको योजनामा साथ दिन प्रतिनिधि सभामा भारी मतका साथ विजयी भएको नवलपुर क्षेत्र नं. २ मा कांग्रेसका उम्मेदवार ओम थापा मगर चाहिएकोले सबै कांग्रेसी आआफ्नो वडामा केन्द्रित बनेर चुनावी प्रचारमा लाग्न आग्रह गरे ।

कमेन्टहरु