राजनीति

नवलपरासी रास्वपा जिल्ला सभापति महेन्द्र सेन ठकुरी कांग्रेस प्रवेश

नवलपुर टुडे
२०८२ फाल्गुन १४ | मध्यान्ह ०३:११ बजे

नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी पश्चिमका सभापति महेन्द्र सेन ठकुरी नेपाली कांग्रेस प्रवेश गरेका छन्। ठकुरीलाई नवलपरासीको बर्दघाट चौपतामा भएको कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले स्वागत गरे। उनी २०७९ को निर्वाचनमा नवलपारसी पश्चिम १ बाट १२ हजार ४ ९९ मत प्राप्त गर्दै तेस्रो भएका थिए।

WhatsApp Image 2026 02 26 at 13.52.58

यहाँबाट कांग्रेसका विनोद चौधरी विजयी भएका थिए। अहिले पनि कांग्रेसबाट चौधरी नै उम्मेदवार रहेका छन्। उनलाई सघाउने गरी ठकुरी कांग्रेस प्रवेश गरेका हुन् । यसपटक पनि रास्वपाबाट टिकट पाउने आशामा भए पनि नपाएपछि उनी असन्तुष्ट थिए। यसअघि उनकै दाई गुप्तसेन ठकुरी सुस्ता गाउँपालिकाको उपसभापति छाड्दै कांग्रेस प्रवेश गरेका थिए।

WhatsApp Image 2026 02 26 at 15.09.01

कमेन्टहरु