राजनीति

रास्वपा नवलपरासीका जिल्ला सभापति महेन्द्र सिंह ठकुरी पार्टी परित्याग गरी कांग्रेस प्रवेश

नवलपुर टुडे
२०८२ फाल्गुन १४ | मध्यान्ह ०२:११ बजे

बर्दघाट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका जिल्ला सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गर्नुभएको छ। आज बर्दघाट १२ चौपत्तामा आयोजित चुनावी सभामा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेस प्रवेश गराउनुभएको हो।

रास्वपाका संस्थापक जिल्ला सभापति ठकुरी पछिल्लो समय टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट हुनुहुन्थ्यो । ठकुरीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा १२ हजार ४९९ मत प्राप्त गर्नुभएको थियो। चुनावको मुखमा ठकुरीको कांग्रेस प्रवेशले रास्वपालाइ धक्का लागेको छ ।

रास्वपाले कांग्रेसका लुम्बिनी प्रदेशका पूर्व महामन्त्री विक्रम खनाललाई टिकट दिएपछि ठकुरी असन्तुष्ट हुनुहुन्थ्यो । सुस्ता गाउँपालिकाका उपसभापति रहेका ठकुरीका दाइ गुप्तसेन ठकुरीले पनि केही दिन अगाडि रास्वपा परित्यागको घोषणा गर्नुभएको थियो।

कमेन्टहरु