कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बुढिनन्दामा स्याउ खेतिमा फस्टादै कठायत

उमेश रोकाया
२०८२ फाल्गुन १३ | मध्यान्ह ०३:११ बजे

बाजुरा, फागुन १३ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका -८ का चक्र कठायत स्याउ खेतीमा फस्टाउने गरेको छ । विगत १० वर्षदेखि खापरमाण्डु लेखमा स्याउ व्यवसाय गर्दै आएको हो । गाउँमा ऋण मागेर स्याउ खेती सुरु गरिएको हो । सुरुमा ५ सय बोट स्याउका बिरुवा लगाएको थिए । पहिला लगाएका र नयाँ स्याउका २५ सय बोट अहिलेसम्म फर्ममा रहेका छन ।

‎आफुले पहिला स्याउ  व्यवसाय गर्दा गाउँमा ऋण स्याउका बोट किनेर लगाएको हो । नयाँ बिरुवा १४ सय जति फर्ममा लगाएको छ । पहिला लगाएका स्याउका बिरुवा ३ वर्षदेखि स्याउ फल दिन सुरु गरेका छन । एउटा बोटबाट ५०/६० केजी स्याउ फक्ने गरेको छ । स्याउ फर्ममा जति उत्पादन गरेपनी बिक्री हुने र भण्डार गर्ने ठाउँ नभएपछि समस्यामा परेको छु । फर्म खेलेको ठाउँमा सडक र विद्युतको पहुँचमा टाढा रहेकोे गुनासो चक्र कठायत गरेका छन ।

सडक पहुँच नहुदा अघिल्लो वर्ष १०/१५ क्विन्टल पिठ्युँ बोकेर सदरमुकाम मार्तडीमा स्याउ बेचेको हो । स्याउ बिक्री गरेर पहिला वर्ष ४५/५० हजार रुपैयाँ कमाइ भएको हो । आमदानी गरेको रुपैयाँँले घर खर्चदेखि बालबच्चा पढाई लेखाइमा सहयोग पुगेको छ । पहिला स्याउ लगाएको जग्गामा जौ, गहुँ लगाउने ठाउँमा अहिले पुरै स्याउ मात्र लगाएको छ । स्याउको फल निकाली सकेपछि त्यसलाई राख्ने ठाउँ बनाइदिएको भए अझ स्याउ उत्पादन खेतीमा राम्रो हुने थियोे ।

‎आफ्नो आमदानी राम्रो हुने अवस्था हुन्थ्यो । फर्ममा स्याउ जति फले पनि यसलाई स्टोर गर्ने ठाउँ मुख्य समस्या रहेकोे छ । स्याउ स्टोर गर्ने समस्या हुँदा तत्कालका बिक्री गर्नेका लागि बजारीकरण नहुदा स्याउ व्यवसायीले ठुलो समस्या झेल्नुपरेको छ । स्याउ आवश्यक पर्ने औजार सामाग्री अभाव छ । स्याउ सम्बन्धि विभिन्न निकायले तालिम गोष्ठी समावेश गरिदिएको भए अझ स्याउ खेतीमा फस्टाउने थिए । यो वर्षभन्दा आउँदा वर्षमा स्याउ उत्पादन राम्रो होला जस्तो लागिरहेको कठायतले बताउनुभयो ।

‎स्याउ व्यवसाय सम्बन्धि तालिम पाए राम्रो हुन्थ्यो । रेडियो सुन्दा सुन्दै केही कुरा सिकेको हो । अहिले भखरै श्री खापरमाण्डु कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कर कार्यालयमा राजस्व समेत तिरेको छ । अब स्याउ खेतीलाई अझ प्रभावकारी बनाउने सम्बन्धि निकायले भण्डारी गर्ने ठाउँ बनाइदिएको भए विसर्जन पनि स्याउ बिक्री गर्न सहज हुन्थ्यो भन्ने आशा छ । अहिलेसम्मकै लगाएको बोट मध्य ८ सय वटा बिरुवा फल लागिरहेको छ।

स्याउ व्यवसाय गर्दै जादा केही भविस्य होला भनेर लागेको छु । आफ्नो पालामा नभए छोरा नातिको पालामा केही होला भनेर दुख गरिएको हो । गाउँ भन्दा धेरै जसो लेखमा बस्ने गरेको छ । अहिले स्याउ खेती मात्र नभएर सतुवा र चिराइतो बोट लगाएको छ । यो ठाउँ सम्म बिजुली लाइन जोडिएको भए राम्रो हुन्थ्यो ।

कमेन्टहरु