मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
समानुपातिक उम्मेदवार तिमिल्सिना जनताको घरदैलोमा व्यस्त


बाजुरा, फागुन १३ । नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवार विद्यादेवि तिमिल्सिना जनताको घरदैलो कार्यक्रम व्यस्त रहेकी छन् । आगामी फागुन २१ चुनावमा आफू सहित प्रत्यक्ष तर्फबाट उमेदवार जनक गिरीलाई एकैसाथ भोट हालिदिन अनुरोध गरेकी छन । समानुपातिक उम्मेदवारको तिमिल्सिना बाजुराका नौवटा पालिका मतदातालाई भेटघाट कार्यक्रम पछिल्लो समय निकै व्यस्त देखिन्छन ।
भखरै गृह पालिका हिमाली गाउँपालिका सबै वडा टोल बस्तीका जनतालाई भोट दिन अपिल गर्दै अहिले जगन्नाथ गाउँपालिकामा मतदाताको घरदैलो भेटघाट कार्यक्रम रातदिन नभनी लागिपरेकि छन । आफू गएको ठाउँमा मतदाता निकै हर्ष साथ खुसी छन । पक्कै भोट दिने विश्वास पुर्ण रूपमा ढुक्क छु । आफू जनताका लागि काम गर्ने कुरा कहिले तल्लीन नहुने बताएकी छन । आफू निर्वाचन भएपछि हार जित जस्तोसुकै होस् बजुरेली जनताको लागि आफ्नो क्षमता सकेसम्म सेवाका निम्ति कहिले पछाडी नहट्ने बाचा समेत गरेकी छन ।
बाजुरा जस्तो देशकै दुर्गम ठाँउका शिक्षा, स्वास्थ, खानेपानी, संचार, सडक र विद्युत लगायत भोकमरी, गरिबी, बेरोजगार जस्ता समस्या समाधान गर्नका निम्ति आफ्नो समानुपातिकमा उमेदवार रहेकोे हो । बाजुरा विभिन्न गाउँ बस्ती रहेका महिला पिडा महिला कसरी अगाडि बढ्ने जस्ता रणनीति लगायत सकारात्मक कुरा गाउँ देखि केन्द्र सम्म पुर्याउने सर्त समेत गरेकी छन ।
जनता सबै थोक हुन, जनताले जिताएर केन्द्रसम्म पठायो भने मतदाता सुझाव सल्लाह अनुसार मात्र कार्ययोजना अगाडि बढाइनेछ । सिङ्गो पछाडि परेको बाजुरा जिल्लालाई परिवर्तन सुत्र कसरी लैजाने कुरा संघसद सम्म पुर्याउन जिम्मेवारीपूर्वक काम गर्ने उनको भनाइ छ । विशेषगरी आफू महिला उमेदवार भएको हिसाबले महिलाको नेतृत्व पुर्ण जिम्मेवारीपूर्वक काम गर्ने महिला समस्या हक हितका कामका लागि कहिल्यै पछाडी नहट्ने बताएका छन ।
२०४२ सालमा बाजुरा जिल्ला साबिक बाँधु गाविस हाल हिमाली गाउँपालिका – ७ बाँधुमा जन्मिएकी विद्या नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी छन । वि.सं. २०५६ सालमा औपचारिक रूपमा नेपाल विद्यार्थी संघको सक्रिय सदस्य भएर आफ्नो राजनीतिक यात्रा आरम्भ गरेकी तिमिल्सिना विद्यार्थी आन्दोलनमा लागेर युवाको आवाजलाई राजनीतिको केन्द्रमा ल्याउने अभ्यास गरेकी थिइन् । बाल्यकाल देखिनै सामाजिक काम, समाज सेवामा सक्रिय तिमिल्सिना राजनीतिक जीवनमा पनि सक्रिय छन् ।
२०६४ सालमा नेपाल विद्यार्थी संघ बाजुरा–काठमाडौं सम्पर्क समितिको कोषाध्यक्ष भएर आर्थिक पारदर्शिता र संगठन विस्तारमा उदाहरण बनेकी हुन । त्यसैगरी २०६५ सालमा नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्य भएर राष्ट्रिय स्तरमा सांस्कृतिक पहिचान र परम्परागत मूल्य संरक्षणमा योगदान दिइन् । उनी हाल प्रजातान्त्रिक महासंघ महिला केन्द्रीय सदस्य, सास्कृतिक बिभाग प्रमुख सहित पार्टीका विभिन्न भूमिकामा रहेकी छन् ।






















