दुबई यूएई, निर्वाचन, प्रबास, बिश्व

NRNA-ICC उपाध्यक्षद्वयको युएई भ्रमण : महाधिवेशन केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न

कबिराज राजबंशी
२०८२ फाल्गुन ११ | मध्यान्ह ०५:११ बजे
Non-Resident Nepali Association (NRNA) महाधिवेशन सन्दर्भमा युएईमा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न

दुवई, यूएई। आगामी मार्च १४, १५ र १६ गते नेपालमा आयोजना हुन गइरहेको Non-Resident Nepali Association (NRNA) को अन्तर्राष्ट्रिय महाधिवेशनको सन्दर्भमा वर्तमान उपाध्यक्षद्वय डा. हेमराज शर्मा तथा रोजिना प्रधान राईको युएई भ्रमणको अवसर पारेर विशेष अन्तरक्रिया कार्यक्रम भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

Non-Resident Nepali Association National Coordination Council UAE र Nepal Association NRNA UAE को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम प्रवासी नेपाली समुदायको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रम NRNA–ICC का उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्याशी डा. हेमराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता एनआरएनए एनसीसी युएईका अध्यक्ष टकबहादुर गुरुङले गरेका थिए भने नेपाल एसोसियसन (NRNA–UAE) का महासचिव कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

IMG 20260223 154704

कार्यक्रमको प्रारम्भमा सचिव सुमन भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै महाधिवेशनको सन्दर्भ, यसको महत्व र प्रवासी नेपालीहरूको भूमिका बारे प्रकाश पारेका थिए। त्यसपछि विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। शुभकामना दिने वक्ताहरूमा Nepal Journalists Federation UAE शाखाका अध्यक्ष मेघराज सापकोटा, नेपाली बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, पत्रकार निमेश गिरी, महिला समाज युएईकी अध्यक्ष सबिता नेपाल, प्रवासी नेपाली मञ्चका अध्यक्ष बाबुराम सापकोटा, नेपाली जनप्रगतिशीलका अध्यक्ष लक्ष्मण खनाल, नेपाल एसोसियसन (NRNA–UAE) का सल्लाहकार बाबुराम विश्वकर्मा तथा NRNA–ICC सदस्य दीपक खड्काले आफ्नो धारणा राखेका थिए। वक्ताहरूले प्रवासी नेपालीहरूको एकता, संगठन सुदृढीकरण र पारदर्शितामा जोड दिएका थिए।

प्रमुख वक्ताका रूपमा डा. हेमराज शर्मा र रोजिना प्रधान राईले NRNA को वर्तमान अवस्था, संस्थागत सुधार, सदस्यता व्यवस्थापन, पारदर्शिता, प्रवासी नेपालीहरूको हकहित संरक्षण तथा आगामी कार्ययोजनाबारे विस्तृत रूपमा जानकारी गराएका थिए। उहाँहरूले महाधिवेशनलाई संगठनको नयाँ दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

IMG 20260223 154651

कार्यक्रम अन्त्यमा आयोजक संस्थाले उपस्थित सम्पूर्ण प्रतिनिधि, अतिथि तथा प्रवासी समुदायप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी महाधिवेशन सफलताको कामना गरेका थिए। कार्यक्रमले युएईस्थित नेपाली समुदायमा महाधिवेशनप्रति चासो, उत्साह र सहभागिता अझ बढाएको विश्वास व्यक्त गरिएको छ।

कमेन्टहरु