राजनीति

नवलपुर क्षेत्र- १ मा कांग्रेस उम्मेद्वार घिमिरेले स्थानीयसंग प्रत्यक्ष संबाद गर्दै चुनावी अभियानलाई दियो तिब्रता

नवलपुर टुडे
२०८२ फाल्गुन १० | मध्यान्ह ०८:११ बजे

कावासोती । नवलपुर क्षेत्र नं. १ का नेपाली काँग्रेस उम्मेद्वार बालकृष्ण घिमिरेले कावासोती–१ का मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी अभियानलाई गति दिनुभएको छ । घिमिरेले स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरूको आवश्यकता, समस्या र अपेक्षाका विषयमा जानकारी लिनुभएको छ ।

घिमिरेले मतदातासँगको कुराकानीमा स्थानीय पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीसँग सम्बन्धित योजनाहरूमा जोड दिनुभयो । “हाम्रो प्राथमिकता यहाँका बासिन्दाको जीवनस्तर उकास्नु र जनजीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउनु हो । यसका लागि हामीले स्पष्ट र व्यवहारिक कार्यक्रम तयार गरेका छौं ।” घिमिरेले भन्नुभयो ।

कार्यक्रममा कावासोती–१ का धेरै मतदाताले उहाँसँग आफ्ना समस्या साझा गरेका थिए । स्थानीय सडक, खानेपानी र कृषि विकासका सवालमा उनीहरूले सुझाव दिएका थिए । घिमिरेले यी सुझावलाई अभियानको प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले युवा, महिला र वृद्धवृद्धालाई निर्णय प्रक्रियामा सहभागी गराउने वचन दिनुभयो ।

कमेन्टहरु