देश

रौतहटमा कर्फ्यु निरन्तर, अत्यावश्यक कामका निम्ति केही घण्टा खुकुलो

नवलपुर टुडे
२०८२ फाल्गुन १० | बिहान ०७:११ बजे

काठमाडौं । दुई समुदायबीच तनाव बढेपछि रौतहटमा शनिबारदेखि जारी गरिएको कर्फ्यु आइतबार (फागुन १०) पनि जारी रहनेछ । जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाएको थियो । 

सो कर्फ्यु आज साढे ६ बजेसम्म रहनेछ । त्यसपछि साढे ८ बजेसम्मका लागि संशोधनसहित केही खुकुलो बनाइएको छ । तर, यो समयमा पनि सभा, जुलुस तथा प्रदर्शन गर्न पाइनेछैन । साढे ८ पछि अर्को आदेश नआउन्जेल कर्फ्यु निरन्तर रहने जिल्ला प्रशासनले जनाएको छ । 

कर्फ्यु गौर नगरपालिकाको पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्म जारी गरिएको छ । 

940x380-WhatsApp_Image_2026_02_21_at_21.10.24-1771690955.jpeg
 

कमेन्टहरु