सुर्खेतका एक जना युबा कालीगण्डकी नुहाउने क्रममा बेपत्ता

जगत ठाडा मगर
२०७७ अशोज २७ | बिहान ११:०६ बजे

बुलिङटार । असोज २७ मंगलबार, नवलपुर जिल्लाको बुलिङटार गाउँपालिका वडा नं १ स्थित कालिगण्डकी नदिमा डुबेर एकजना युवा बेपत्ता भएका छन् ।
सुर्खेत बिरेन्द्रनगर न.पा. ४ घर भई हाल कालिगण्डकी कोरिडोरमा काम गर्ने अन्दाजी २१/२२ बर्षका मजदुर छत्रबहादुर शाही सोमबार दिउँसो १.३० बजेको समयमा कालिगण्डकी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी टोली घटना स्थलमा खटिएर स्थानियबासी संग सहकार्य गरी खोजतलास गर्ने कार्य भईरहेको कावासोतीका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले बताउनु भएको छ ।






















