सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीले गर्यो लाठीचार्ज

नवलपुर टुडे
२०८२ फाल्गुन ९ | मध्यान्ह ०४:११ बजे

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ ।
शनिबार (फागुन ९) सुनसरी–४ का कांग्रेस उमेदवार ज्ञानेन्द्रबहादुर कार्की कार्यक्रममा सम्बोधन गर्न जाने क्रममा विवाद बढेको थियो । त्यसपछि हात हालाहालको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । हाल अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।






















