फागुन ७ गते राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बिरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिलाई स्वागत गर्न आयोजित भेलाका क्रममा केही व्यक्तिले एमालेको चुनाव चिह्न अंकित झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
घटनापछि अनुसन्धान थालेको प्रहरीले तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई आज पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार झन्डा जलाउने घटनामा तीन जनाको पहिचान भएको छ। तीमध्ये दुई जना फरार रहेका छन्।
























