अपराध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो गाँजासहित तीनजना भारतीय पक्राउ

नवलपुर टुडे
२०८२ फाल्गुन ८ | मध्यान्ह ०३:११ बजे

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट ११ किलो २७० ग्राम गाँजाजस्तो देखिने वस्तुसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोद जुनैद र ४४ वर्षीय अफ्साना हुसेन शेख रहेका छन् । प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जुनैद र मिर्जालाई करिब ३ किलो ८७० ग्राम र शेखलाई करिब ७ किलो ४ सय ग्राम उक्त वस्तुसहित पक्राउ गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने उक्त परिणामको वस्तुसहित उनीहरूलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु