मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

सुत्केरी हुने समय नपुगेकी महिला र शिशु दुबै धुलाचौर स्वास्थ्यमा सुरक्षित

उमेश रोकाया
२०८२ फाल्गुन ८ | मध्यान्ह ०३:११ बजे

बाजुरा, फागुन ८ । हिमाली गाउँपालिका केन्द्र रहेकोे धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सुत्केरी महिला र शिशु दुबै सुरक्षित भएका छन । हिमाली गाउँपालिका वडा नं. ५ क्युडी गाउँमा रहेको क्युडी आधारभूत सेवा केन्द्रमा सुत्केरी हुने समय नपुगेकी १९ वर्षीय जुनकली रोकाया सुत्केरी गराउन समस्या भएपछि धुलाचौर आधारभूत सेवा केन्द्रमा ल्याएर सुत्केरी महिला र शिशु सुरक्षित भएका छन ।

‎गाउँमा सुत्केरी बिरामी लागेपछि क्युडी आधारभूत स्वास्थ्य सेवा केन्द्र ल्याएका हुन । स्वास्थ्य सेवामा एक जना मात्र अहेव कर्मचारी हुँदा सुत्केरी महिला धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र रिफर गरिएको क्युडी आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज शेरबहादुर भण्डारीले बताउनुभयो ।

‎धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र सुत्केरी ल्याएका हुन । सुत्केरी हुने ९ महिना पुगेपछि सुत्केरी बेथा लाग्नुपर्ने ८ महिनामा सुत्केरी बेथा लाग्दा समस्या भएको हो । अहिले सुत्केरी महिला र छोरी सुरक्षित भएका छन । गाउँमा रहेकोे स्वास्थ सेवा केन्द्रमा जटिल समस्या हुँदा सुत्केरी अवस्था गाह्रो भएको हो । धुलाचौर ल्याएपछि सुरक्षित तरिकाले सुत्केरी हुन पाउदा जुनकली रोकाया खुशी भएका छन ।
‎यस्ता खालका सुत्केरी महिला लगायत विभिन्न रोग निको पार्दै घर फर्किने गरेको छन । धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा हिमाली गाउँपालिका मात्र नभई मुगु र हुम्ला जिल्लाका मान्छे सेवा सुबिधा लग्ने गरेका छन । साउन महिना देखि फागुन महिला पहिलो सातासम्म २० जना महिला सुत्केरी गराउन सफल भएका छौँ ।

‎त्यस्तैगरी एक जनालाई सुत्केरी अवस्था अलि जटिल हुँदा पालिका बाहिर रिफर गरिएको हो । बिरामी जतिखेर उपचार गर्न आएपछि सेवा पछाडी हटेका छैनौं । अहिले स्वास्थ्य क्षेत्रमा काम कर्तव्य जिम्मेवारी लिए अनुसार काम गर्दै आएका छौँ । कार्यालय खुल्ला समय मात्र नभई शनिबार दिनमा कोही बिरामी भएर स्वास्थ्य सेवा आउने लाई स्वास्थ चेकजाँच संगै औषधी गरेर फर्किने गरेका धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र सिनियर अनमी सबिना मल्लले बताउनुभयो ।

कमेन्टहरु