निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

गाउँमा प्रभावकारी बन्दै मतदाता शिक्षा

उमेश रोकाया
२०८२ फाल्गुन ८ | बिहान ०९:११ बजे

‎बाजुरा, फाल्गुन ८ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बाजुरा जिल्लाका गाउँ टोलमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

‎चुनावी प्रचार–प्रसारले गाउँ–टोल तातेका बेला जिल्ला निर्वाचन कार्यालय बाजुरा ले भने मतदाता सचेतनालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको गरेको छ ।

‎जिल्लाका प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षक नियुक्ति गरी घरदैलो अभियान सञ्चालन कार्यक्रम गरेको छ । दैनिक रूपमा गाउँ घरमा पुगेर मतदाता शिक्षकहरूले मतदान गर्ने तरिका, मतपत्रमा सही छाप लगाउने विधि, बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानी तथा मतदान समयबारे जानकारी दिने गरेका छन ।

हिमाली गाउँपालिका ६ धिम गाउँकी मतदाता सुर्जकला रोकायाले मतदाता शिक्षा पाए सँगै आफूहरू ढुक्क भएर सही तरिकाले मतदान गर्न सक्षम भएको बताउनुभयो । मतदाता शिक्षा गाउँमा नपाउदा पहिला अन्योल थियो, अहिले घरमै मतदाता शिक्षा बारेमा सिकाइ दिँदा सजिलो हुनेभएको छ ।

‎मतदाता शिक्षिका चरित्रा रावल अनुसार गाउँ घरका अधिकांश मतदाताले चासोका साथ कार्यक्रम सुन्ने र जिज्ञासा राख्ने गरेका छन् । विशेष गरी वृद्धवृद्धा पहिलो पटक मतदान गर्ने गाउँ टोलका युवा तथा महिलाहरूलाई लक्षित गरेर व्यवहारिक अभ्याससहित शिक्षा दिइँदा सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ ।

कमेन्टहरु