अपराध

नवलपरासीमा माओवादी उम्मेदवार राजु हरिजनमाथि दुर्व्यवहार गर्ने थप तीन जना पक्राउ

नवलपुर टुडे
२०८२ फाल्गुन ८ | बिहान ०७:११ बजे

नवलपरासी । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दघाट नगरपालिका -१३ धनेवा बस्ने २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राज वि.सी. भन्ने राम मिजार रहेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिएका छन्।

हरिजनमाथि फागुन ५ गते साँझ बर्दघाट नगरपालिका वडा नं. १२ जमुनियामा चुनावी अभियानमा अपरिचित व्यक्तिहरूको समूहले हातपात गरी फरार भएका थिए। घटनाको प्रारम्भिक सूचना र खोजीका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाट र अस्थायी प्रहरी पोस्ट भटौलियाको संयुक्त टोलीले फरार अभियुक्तहरूलाई उनीहरूकै घरबाट नियन्त्रणमा लिएको हो।

उम्मेदवारमाथि अभद्र व्यवहार गरी फरार रहेका उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ। पक्राउ परेका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ। यसअघि बर्दघाट –१३ धनेवाका ३१ वर्षीय अजय गौतमलाई प्रहरीले पक्राउ गरेको थियो । उम्मेदवार हरिजनले आफूहरू रास्वपाको कार्यकर्ता भन्दै मादक पदार्थ सेवन गरेर आएका १०–१२ जना युवाहरूको समुहले आक्रमण गरेको आरोप लगाएका छन् ।

WhatsApp Image 2026 02 20 at 07.39.49

कमेन्टहरु