सप्तरी प्रमुख जिल्ला अधिकारीले अपाङ्गतालाई घरै पुगेर नागरिकता प्रदान


रामनारायण यादव
राजविराज । जिल्ला प्रशासान कार्यालय सप्तरीले अपाङ्गता भएका एकजना युवालाई उनकै घर पुगरे नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका छन् ।
बुधबार सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडियो)ं जयनारायण आचार्य सहितको टोलिले उनकै घरमा पुगरे नागिरिकता दिएको हो ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ४ का प्रलाद मण्डलाई सिडियो आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
स्थानीय शैलेन्द्र कुमार मण्डलका १९ वर्षीय छोरा प्रलाद शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले घरमै पुगेर नागरिकता दिइएको उनले बताए । उनी हिंड्न समेत नसक्ने भएको जानकारी पाएपछि उनको घरमै पुगरे नागरिकता दिएको सिडियो आचार्यले बताए ।
सिडियो आचार्यले भने उमेर पु्गेपछि नेपाल सरकारले दिदै आईरहेको आपाङ्गता भएका व्यक्तिहरुलाई सेवासुविधाबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले प्रशासन कार्यालयको टोलिले उनकै घरमा पुगेर नागरिकता दिएको उनको भनाई छ । प्रलादको घरमै आएर नागरिकता दिदा उनका बुबा र आमा निकै खुसि भएका थिए । साथै गाउँका मानिसहरुले उहाँहरुको कामको प्रशंसा समेत गरेका थिए ।






















