निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरामा मतपत्र पुग्यो


बाजुरा, फागुन ७ । फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि बाजुरामा बिहीबार मतपत्र पुगेको छ । निर्वाचन आयोगले समानुपातिक र पहिलो हुने निर्वाचन तर्फको मतपत्र जिल्लामा आइपुगेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार समानुपातिक तर्फ ९७ हजार र पहिलो हुने निर्वाचित प्रणाली तर्फ ९४ हजार मतपत्र आइपुगेको बताए । पहिलो हुने निर्वाचित प्रणालली तर्फको मत पत्र र सामानुपातिकको मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताएका छन् ।
फागुन २१ गते हुने निर्वाचनका लागि मत पत्र पुगेको भएपनि कर्मचारी खटाउने कार्य पनि थालिने मुख्य निर्वाचन अधिकृत पोखरेलको भनाई रहेको छ । मतपत्र पुगी सकेकाले अब कर्मचारी खटाउने गरी काम भइरहेको उनको दाबी रहेको छ । एक मात्र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सात दल सहित एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यहाँका ७७ मतदानस्थल मध्ये एक सय १८ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
तीमध्ये ६२ अतिसंवेदशिल,१२ वटा संवेदनशिल र ३ वटा सामान्य रहेको जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि ८७ हजार ८६१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । तीमध्ये ४२ हजार ४३१ महिला, ४५ हजार ४२८ पुरुष र २ जना अन्य रहेको निर्वाचन कार्यालय बाजुराले बताएको छ ।






















