दुबई यूएई, देश, निर्वाचन, रोजगार

राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ दुबईस्थित महावाणिज्यदूतावासमा विशेष कार्यक्रमका साथ मनाइयोhttps://nawalpurtoday.com/129040/

कबिराज राजबंशी
२०८२ फाल्गुन ७ | मध्यान्ह ०४:११ बजे
राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ दुबईस्थित महावाणिज्यदूतावासमा विशेष कार्यक्रमका साथ मनाइयो

प्रवास दुबई, यूएई । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ को शुभ अवसरमा नेपाली महावाणिज्यदूतावास दुबईमा एक औपचारिक तथा गरिमामय कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ।FB IMG 1771498352731

दिवसको अवसरमा विभिन्न सेवासम्बन्धी कार्यका लागि महावाणिज्यदूतावास पुगेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य–मान्यता तथा अमर शहिदहरूको योगदानको स्मरण गरिएको थियो।

कार्यक्रमअन्तर्गत महावाणिज्यदूतावास भवनमा राष्ट्रिय झण्डा परिवर्तन तथा विधिवत् झण्डोत्तोलन गरिएको थियो। साथै राष्ट्रका लागि जीवन उत्सर्ग गर्ने अमर शहिदहरूप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौन धारण गरिएको थियो। सहभागीहरूले प्रजातन्त्र स्थापनाका लागि भएका ऐतिहासिक आन्दोलन र बलिदानको स्मरण गर्दै लोकतान्त्रिक प्रणाली सुदृढ बनाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

यस अवसरमा महावाणिज्यदूतावासले युएईको दुबई तथा अन्य उत्तरी इमिरेट्समा बसोबास गर्दै आएका सम्पूर्ण नेपाली समुदायमा राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरेको छ। परदेशमा रहेर पनि मातृभूमिप्रतिको माया, राष्ट्रिय पहिचान र लोकतान्त्रिक मूल्यमान्यताको सम्मान कायम राख्न सबैलाई आह्वान गरिएको छ।

FB IMG 1771498356006

महावाणिज्यदूतावासमा सेवाग्राहीहरूको दैनिक चापलाई ध्यानमा राखी संक्षिप्त कार्यक्रम सम्पन्न गरी नियमित सेवाप्रवाह भने यथावत् रूपमा सञ्चालन गरिएको जानकारी दिइएको छ।

कमेन्टहरु