राजनीति

रास्वपाका सरकार आए डोजर पहिला भ्रष्टाचारीका घरमा लाग्छ : रवि लामिछाने

नवलपुर टुडे
२०८२ फाल्गुन ७ | मध्यान्ह ०४:११ बजे

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति भएको बताएका छन् । बिहीबार (फागुन ७) सुर्खेतमा आयोजित पार्टीको ‘परिवर्तन उद्घोषसभा’मा उनले चुनाव सार्नुपर्ने वा यसले देशलाई निकास नदिने भन्ने धारणा गलत भएको बताए ।

‘निर्वाचनले निकास नदिए केले दिन्छ, आन्दोलनले ? भन्ने प्रश्न गर्दै उनले भने, “लोकतन्त्रको सबैभन्दा ठूलो तागत भनेको निर्वाचन हो ।” लोकतन्त्र खतरामा छ भन्ने हल्ला चलाइएको उनले बताए । अब लोकतन्त्रलाई कुनै खतरा नरहेको उनले जिकिर गरे ।

उनले कर्णाली प्रदेशलाई अब पछि पर्न नदिने प्रतिबद्धता जनाए । कर्णालीबाटै पार्टीको चुनावी घोषणापत्र (वाचापत्र) सार्वजनिक गर्नुको ठूलो अर्थ रहेको उनको भनाइ थियो ।“वाचा जसले गर्छ, उसैले पूरा गर्छ,” उनले भने ।

उनले विद्यालय र विश्वविद्यालयबाट राजनीतिक दलका झन्डा हटाउने, प्रदेश संरचनालाई नेताको ‘पार्किङ’ बन्न नदिने र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता दोहोर्‍याए । “हाम्रो सरकार आयो भने डोजर पहिला भ्रष्टाचारीका घरमा लाग्छ,” उनले भने ।उनले पाँच वर्षभित्र काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

कमेन्टहरु