आज सुर्खेतमा रास्वपाले चुनावी सभा गर्दै, वाचापत्र सार्वजनिक गरिने

नवलपुर टुडे
२०८२ फाल्गुन ७ | बिहान ०८:११ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सुर्खेतमा चुनावी सभाबाट वाचापत्र सार्वजनिक गर्ने भएको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले आज सुर्खेतमा हुने चुनावी सभाबाट वाचापत्र सार्वजनिक गर्ने भएको हो ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टाघर चोकमा मध्यान्ह १२ बजे सुरु हुने परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्नेछन्। यसअघि पार्टीले बुधबार धनगढीमा परिवर्तन उद्घोष सभा सम्पन्न गरेको थियो।






















