देश

उपेन्द्र यादव मधेशको कुपुत्र छोरा – राजेन्द्र महतो

जगत ठाडा मगर
२०७८ साउन २७ | मध्यान्ह ०२:०४ बजे

कपिलवस्तु । पूर्वमन्त्री राजेन्द्र महतोले मधेशकाे मुद्दा र आन्दोलनका उपलब्धिलाई समाप्त पार्न खाेज्ने उपेन्द्र यादवलाई मधेशको कुपुत्र छोरा भनेका छन ।
photo 2021 08 11 14 18 47
कपिलवस्तुको तौलिहवामा जनता समाजवादी पार्टीले आयोजना गरेको जिल्ला स्तरिय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महतोले आक्राेस पाेख्दै हाम्राे टाउकाे मात्र जनेडिएकाे थियाे र मधेशका कुपुत्र छाेरा उपेन्द्र यादवले मधेशकाे मुद्दा र आन्दोलनका उपलब्धिलाई समाप्त पार्न लागि परेका आराेप समेत लगाए ।

आमाले बच्चा जन्माउँछ पीडा हुन्छ, जीवनको सब भन्दा धेरै पीडा सहेर जन्माएको बच्चा कुपुत्र छोरो निस्के पछि पनि आमाले बच्चा जन्माउँछ । राजेंद्र महतोले उपेन्द्र यादवलाई कुपुत्र मधेशी छोरा भनेर सम्बोधन गरेका छन ।
साथै उनले भने जनता समाजबादी पार्टीको निर्माण राजपाले गरेको हो उपेन्द्र यादवले होइन् । ६ पार्टीको एकता भएर राजपा पार्टी बनेको थियो । सातौ पार्टी उपेन्द्रकाे पार्टीलाई पनि मधेशी जनताले भनेर हामीले उपेन्द्र यादव संग राति १२ बजे एकताको पहल गरेका थियौं । मनलाई सानो गरेर हुदैन जब हामी जुटेकै थिएनौ तब टुट्ने कसरी , महतोले बताए ।

photo 2021 08 11 14 18 47

उनले हामीले पार्टीलाई एकता गर्ने प्रयास मात्र गरेका थियौं । मधेशका जनताको चहना र माग अनुसार हामी पार्टी एकता गर्ने प्रयास अगाडी बढाएको समेत महतोले बताए । समयमा नै मधेशलाई खण्डीत गर्ने कुपुत्रकाे पहिचान भईसकेको र साथै अधिकार पहिचान चहने जनता मिलेर संघर्ष गर्नेु पर्ने समेत पुर्वमन्त्री राजेन्द्र महतोले बताए ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य सर्बेन्द्र नाथ शुक्ला, केन्द्रीय नेता रविदत्त मिश्रा, पुर्वमंत्री अकबाल अहमद शाह, लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख उमाकान्त झा, जसपा नेता सन्तराम अग्रहरी लगायतले आआफ्नो धारणा राखेका थिए ।

कमेन्टहरु