मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
उम्मेदवारकाे प्रतिज्ञा पत्र सार्बजनिक तथा चुनावी सभा कार्यक्रम भव्य हुने


बाजुरा, फागुन ६ । नेपाली काँग्रेस बाजुराकाे आयाेजना कोल्टीमा उम्मेदवारकाे प्रतिज्ञा पत्र सार्बजनिक तथा चुनावी सभा कार्यक्रम भव्य हुने भएको छ । आगामी निर्वाचन फागुन २१ गते हुने गएको निर्वाचनमा नेपाली काङ्ग्रेस बाजुराको आयोजनामा फागुन ६ गते उम्मेदवारकाे प्रतिज्ञा पत्र सार्बजनिक तथा चुनावी सभा कार्यक्रम कोल्टी हुने भएको छ ।
नेपाली काँग्रेसका प्रतिनिधि सभा २०८२ फागुन २१ गते हुने निर्बाचनका प्रत्यासी उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य जनक राज गिरि प्रतिज्ञा पत्र सार्बजनिक गरिने भएको छ । नेपाली काङ्ग्रेस बाजुरा क्षत्रीय प्रदेश `ख´ का बडिमालिका, त्रिवेणी, बुढीगगा नगरपालिका, खप्टड छेडेदह र गौमुल गाउँपालिका विभिन्न ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेर आज कोल्टीमा बृहत आमसभा कार्यक्रम गरिने भएको छ ।
नेपाली काङ्ग्रेस मतदाता घरदैलो कार्यक्रम पछिल्लो समय तिव्र दिदै आएको छ । नेपाली काङ्ग्रेस प्रतिनिधि सभा सदस्य उमेदवार जनक गिरी, नेपाली काङ्ग्रेस केन्द्रिय सह-महामन्त्री बर्दी पाण्डे, पुर्ब सभापति तथा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पुर्ब प्रदेश प्रमुख देवराज जोशी, नेपाली काङ्ग्रेस समानुपातिक उमेदवार बिद्या तिमिल्सिना पुर्व संविधान सभा सदस्य महा नेपाली, नेपाली काङ्ग्रेस सभापति रामसिंग रावल, पुर्व सभापति मान बहादुर रावल, कबिराज पण्डित, युवा नेता चक्र शाह, याेगेन्द्र रावल लगायत नेता कार्यकर्ताकाे सहभागिता रहने नेपाली काङ्ग्रेस बाजुराले जनाएको छ ।






















