प्रबास

फेब्रुअरी २६ मा विवाह गर्दै रश्मिका मन्दाना र विजय देवरकोन्डा

एजेन्सी
२०८२ फाल्गुन ५ | मध्यान्ह ०२:११ बजे

मुम्बई । चर्चित जोडी रश्मिका मन्दाना र विजय देवरकोन्डा आगामी फेब्रुअरी २६ मा विवाह बन्धनमा बाँधिने तयारीमा छन् । विगत केही महिनादेखि यी दुईको प्रेम र विवाहको चर्चा चुलिएको छ ।‘इन्डिया टुडे’को रिपोर्टअनुसार विवाह एक निजी समारोहका बिच आयोजना गरिनेछ, जसमा परिवारका सदस्यहरू र केही छानिएका नजिकका साथीहरू मात्र सहभागी हुनेछन् ।

रिपोर्टका अनुसार विवाहका रिति तिथिहरूको तयारी पहिले नै सुरु भइसकेको छ । दुवै विवाह अहिलेलाई गोप्य राख्न चाहन्छन् । त्यसका लागि विवाहमा नो–फोन पोलिसी नियम समेत लाग्नेछ ।

 

विवाह राजस्थानको उदयपुरस्थित कुनै ऐतिहासिक दरबार वा महलमा हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, यस स्थानको आधिकारिक जानकारी आएको छैन ।

 

विवाह सम्पन्न भएपछि मार्च ३ देखि ४ तारिखको आसपासमा एउटा भव्य रिसेप्सन पार्टी आयोजना हुने खबर छ । उक्त पार्टीमा दक्षिण भारतीय चलचित्र उद्योग र बलिउडका चर्चित हस्तीहरू सहभागी हुने अपेक्षा गरिएको छ । 

 

यो रिसेप्सन हैदरावाद वा बञ्जारा हिल्सको कुनै प्रिमियम स्थलमा हुनसक्छ । विवाहको खबर बाहिर आएदेखि फ्यान र सेलिब्रेटीहरूले ट्वीटर (एक्स), इन्स्टाग्राम र अन्य प्लेटफर्महरूमा बधाई र शुभकामना दिइरहेका छन् 

कमेन्टहरु