देश

लुम्बिनी प्रदेशकाका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

जगत ठाडा मगर
२०७८ साउन २७ | मध्यान्ह ०१:०४ बजे

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका छन् ।

प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनु अगावै उनले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाएका हुन् । पोखरेलले बुधबार दिउँसो प्रदेश प्रमुखलाई प्रत्येक्ष भेटेर राजीनामा बुझाएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए ।

विपक्षी गठबन्धनले सरकार अल्मतमा रहेको भन्दै मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए। विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेश प्रमुख शेरचनले बुधबार दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाइएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानविपरीत विशेष अधिवेशन आह्वान गरेको भन्दै प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री लीला गिरीले अधिवेशन फिर्ताको माग राखी सर्वोच्चमा सोमबार रिट दायर गरेका छन् ।

मंगलबार हेर्न नभ्याइनेमा परेको उक्त रिट बुधबार पनि पेसीको आठौं नम्बरमा रहेकाले अधिवेशन स्थगित हुने सम्भावना नदेखेपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

कमेन्टहरु