सिरहामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु, ट्याक्टर धनी र चालक फरार


सिरहा । सिरहामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । आज विहान सिरहाको धनगढीमाई नगरपालिका ७ गागनखोला नजिकै स.१त.५९३५ नम्बरको ट्याक्टर पल्टिदा गोलबजार नगरपालिका १ निपानेका ३० वर्षीय अरुण यादवको मृत्यु भएको हो ।
यादवले ट्याक्टरमा लेवरको काम गर्दै आएको बताइएको छ । रातिको समयमा बालुबा लिन गएको बेला ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव भने अहिले फरार रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सवै फरार भएका छन्। विहान स्थानीयले प्रहरीलाई खवर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो । शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको जनाउँदै प्रहरीले चालक र ट्याक्टरधनीको खोजी भइरहेको बताएको छ ।






















